भारत। बलिउड अभिनेता सलमान खान र केटरिना केफको समबन्धको अक्सर चर्चा हुने गरेको छ। केटरिना अभिनेता विक्की कौशलसँग वैवाहिक बन्धनमा बाँधिइसकेकी छिन् भने सलमान हालसम्म सिंगल नै रहेका छन्। यसैबिच जोडीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा केटरिनाले सलमानको घाँटी थिचेको देख्न सकिन्छ।
यो भिडियो चलचित्र 'एक था टाइगर'को छायांकनका बेला खिचिएको हो। जसलाई यशराज फिल्म्सले आफ्नो आधिकारिक इन्स्टाग्रामबाट शेयर गरेको छ। भिडियो हजारौँ प्रशंसकले हेरिसकेका छन् भने धेरैले प्रतिक्रिया पनि जनाएका छन्।