पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौँ - नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका नायक पल शाह थप १२ दिन हिरासतमै रहने भएका छन्। 

पलविरुद्धको अनुसन्धान नसकिएकाले जिल्ला अदालत तनहुँले अझै १२ दिनको समय थप गरेको हो। 

उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय गैँडाकोटमा समेत अर्को जाहेरी परेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×