काठमाडौँ - इङ्ल्यान्डकी स्टार जिल स्कटले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेकी छिन्। इङ्लिस मिडफिल्डर स्कटले एभर्टन र म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेलेकी थिइन्।
इङ्ल्यान्डले युरो- २०२० जित्दा उनी टिमकी महत्त्वपूर्ण सदस्य थिइन्। ३५ वर्षीया स्कटले मंगलबार संन्यासको घोषणा गरेकी हुन्।
‘आज म फुटबललाई अलविदा भन्दैछु। तर, म यसलाई उत्सवको रूपमा मनाउने छु।अनुहारमा उदास छैन’, उनले भनिन्।
उनले इङ्ल्यान्डबाट सन् २००७ मा डेब्यु गरेकी थिइन्। स्कटले राष्ट्रिय टिमबाट १ सय ५ खेल खेल्दा २१ गोल गरेकी छिन्।