इंग्लिस प्रिमियर लिग: बराबरीमा रोकियो लेस्टर र ब्रेन्टफोर्ड

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा लेस्टर सिटी बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा लेस्टरले ब्रेन्टफोर्डसँग २-२ गोलको बराबरी खेलेको हो।

खेलको ३३ औं मिनेटमा टिमोथीले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए। खेलको ४६औं मिनेटमा किरनन हलले गोल गर्दै लेस्टरलाई २-० को अग्रता दिलाएका थिए।

तर, खेलको ६२औं मिनेटमा ब्रेन्टफोर्डका इभान टोनीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याएका थिए। त्यसपछि खेलको ८६ औं मिनेटमा जोस डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई खेललाई २-२ गोलको बराबरीमा पुर्‍याएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×