काठमाडौँ - विलफ्रेड जाहाको निर्णायक गोलमा क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिगमा मंगलबार उल्भ्समाथि २-१ को पुनरागमन जित निकालेको छ। खराब लयबाट गुज्रिरहेको उल्भ्स अहिले व्यवस्थापकविहीन रहेको छ।
उसले एडम ट्राओरेको गोलले अग्रता लिएको थियो। त्यसयता एबेरेची एजेले बराबरी गोल फर्काएका थिए। जाहाले ७० औं मिनेटमा निर्णायक गोल गरे। यो जितपछि प्यालेस १३ अंकसहित दसौं स्थानमा उक्लेको छ।
उल्भ्स भने ९ अंकसहित १७ औं स्थानमा रहेको छ। मंगलबारको अर्को खेलमा ब्राइटन र नटिङ्घम फरेस्टले गोलरहित बराबरी खेलेका छन्। ब्राइटन १५ अंकसहित सातौं स्थानमा रहेको छ। फरेस्ट १९ औं स्थानमा रहेर रेलिगेसट क्षेत्रमा संघर्ष गरिरहेको छ।