बैतडीका बालबालिकालाई मोडर्नाको दोस्रो खोप दिइँदै

काठमाडौँ । बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ।

बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो। गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए। सबै स्थानीय तहमा खोप पठाइएको छ। गत महिना ३२ हजारभन्दा बढी बालबालिकालाई मोडर्नाको पहिलो मात्रा दिइएको हो।

स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो। प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ । खोप लगाउन ३२ हजार डोजको व्यवस्था गरिएको भट्टले बताए। जिल्लामा हालसम्म एक लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा तथा एक लाख ६ हजार २५२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन्।

कोरोनाका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×