भारत। बलिउड अभिनेत्री सुस्मिता सेन र रोहमन शालको बेकअप भएको हल्ला अहिले बलिउड सिने जगतमा चलेको छ। यो कुराको जानकारी सुस्मिताले सामाजिक सञ्जालमार्फत दिएकी हुन्। उनले एक तस्विरसँगै लेखेकी छिन् "हामी साथी भएर सुरु भयो, साथी नै रह्यौं !! सम्बन्ध धेरै पुरानो भइसकेको थियो... माया बाँकी छ।" केहि स्रोतहरुले बिहीबार बिहान रोहमनले सुस्मिताको घरबाट सामान लिएर बिदा भएको जनाएका छन्। २.५ वर्षदेखी प्रेमसम्बन्धमा रहेको जोडी के-कति कारणले अलग्गिएका हुन् भन्ने कुनै आधिकारिक जानकारी भने आएको छैन। केहि समय अघि रोहमानले सुस्मितालाई ४६ औँ जन्मदिनको शुभकामना पनि दिएका थिए।