काठमाडौँ। बलिउड अभिनेता अक्षय कुमार र इमरान हाश्मी चलचित्र सेल्फीमा सँगै देखिने भएका छन्। राज मेहताको निर्देशन रहने चलचित्र मलयालम–भाषाको कमेडी चलचित्र ‘ड्राइभिङ लाइसेन्स’ को रिमेक हो। अभिनेता इमरानले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोष्ट गर्दै ‘सेल्फी टाइम’ बताएका छन्। करण जोहरले उनलाई शुभकामना समेत दिएका छन्।
इमरान हाल 'टाइगर ३'को छायांकनमा व्यस्त छन्। 'टाईगर ३'को छायांकन सकिएपछी उनी सेल्फीको छायांकनमा जोडिने छन्। निर्माण पक्षले चलचित्रको केही तस्बिरहरु सार्वजनिक गर्दै छायांकन सुरु भएको जानकारी दिएको छ।
करण जोहरको धर्मा प्रोडक्सनले निर्माण गरिरहेको यो चलचित्रमा इमरान हाश्मी र अक्षय कुमार पहिलो पटक सँगै देखिन लागेका हुन्।