आयुर्वेदको नाममा भ्रामक प्रचार

काठमाडौँ - नेपाल आयुर्वेद चिकित्सा परिषद्ले उपचारको नाममा विभिन्न सामाजिक सञ्जालमा आइरहेको भ्रामक प्रचार प्रसारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

दर्ता नभएका गैर नेपालीहरुले समेत आफूलाई आयुर्वेद विज्ञ वा चिकित्सक भनाउँदै उपचारको नाममा गरेका विभिन्न भ्रामक प्रचार प्रसारप्रति ध्यानाकर्षण भएको परिषद्ले जनाएको हो

केही दिनयता सामाजिक सञ्जालमा आयुर्वेदलाई लिएर अफवाह फैलाउने काम भइरहेको र यस्तो कार्य नगर्न-नगराउन अनुरोध गर्दै गरेको वा गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी पनि परिषद्ले दिएको छ।

साथै, आयुर्वेद चिकित्सा सेवा प्रदान गर्न आयुर्वेद चिकित्सा परिषद् नियमावली २०५८ (संशोधनसहित) को परिच्छेद ५ मा उल्लेख भएका आचारसंहिताको अनिवार्य पालना गर्न पनि भनिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×