काठमाडौँ - नेपाली फिल्मका युवा निर्देशक ऋषिराज आचार्य अभिनय प्रशिक्षकको रुपमा समेत स्थापित छन्। झण्डै दुई दशकदेखि अभिनयको प्रशिक्षणमा समेत सक्रिय निर्देशक आचार्यले आफ्नै संस्थामार्फत अभिनयमा करियर बनाउन इच्छुक युवा–युवतीहरुलाई अभिनयको प्रशिक्षण दिइरहेका छन्।
यसैबीच, निर्देशक आचार्यको आर.बी.मुभिजमा हालै अभिनयको नयाँ कक्षा सञ्चालन भएको छ। उनले विगत १४ वर्षदेखि सञ्चालनमा आएको आर.बी.मुभिजमा अभिनयको नयाँ कक्षा प्रारम्भ भएको जनाकारी दिएका छन्।
‘तीन महिने कक्षा जेष्ठ पहिलो सातादेखि प्रारम्भ गरिएको छ। लेखक तथा निर्देशक आचार्यले अभिनयको प्रशिक्षण दिइरहेका छन्।
समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले मुम्बईबाट फिल्म मेकिङ सम्बन्धि कोर्स गरेका छन्। उनले थुप्रै लोकप्रिय टेलिश्रृंखला तथा आधा दर्जन नेपाली फिल्महरु निर्देशन गरिसकेका छन्।
उनले आफ्नो संस्थाबाट प्रशिक्षण लिने कलाकारहरुलाई उनीहरुको क्षमता अनुसारको अवसर प्रदान गरिने जानकारी दिएका छन्। अभिनमा करियर प्रारम्भ गर्न इच्छुक प्रतिभाले ९८४१९५२२६९/९८१३९९६४७९ मा सम्पर्क गर्न सक्ने उनी बताउँछन्।