नेपाल बन्दका क्रममा पूर्वमा फाट्टफुट्ट सवारी साधन सञ्चालन

झापा – नेत्रविक्रम चन्द विप्लवलगायत साना वामपन्थी दलहरूले आह्वान गरेको नेपाल बन्दका क्रममा पूर्वमा फाट्टफुट्ट सवारी साधन सञ्चालन भइरहेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा एमसिसी पेश हुने संभावना बढेसंगै ती दलले एमसीसीकै विरोधमा नेपाल बन्दको आह्वान गरेका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार काँकरभिट्टाबाट छुट्ने सार्वजनिक सवारी साधन छुटेका छन्। तर अहिले सडकमा फाट्टफुट्ट मात्र सवारी साधन सञ्चालनमा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक निषेश चापागाईंले बताए।

उनका अनुसार बन्दमा कुनै प्रकारको घटना नहोस् भनेर सडकमा प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ। बिहान ४ बजेदेखि नै सडकमा प्रहरी तैनाथ छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×