तास खेली रहेको अवस्थामा उपत्यकाका दुई स्थानबाट ३४ जना पक्राउ

काठमाडौं– तास खेली रहेको अवस्थामा उपत्यकाका दुई अलग स्थानबाट ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका–६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। उक्त पसलमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीबाट नगद ३० हजार ३ सय ६० रुपैयाँ र १ बुक तास पनि बरामद गरेको थियो।

त्यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचु हाइटस्थित बिनोद श्रेष्ठको ब्याटमिन्टन कोर्टभित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको थियो। उक्त स्थानमा तास खेलाइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुबाट नगद ४ लाख २९ हजार ५ सय ९० रुपैयाँ र ८ बुक तास बरामद गरेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×