दक्षिण कोरियालाई एसियन रग्बी उपाधि

काठमाडौँ - यू-१८ एसिया रग्बी सेभेनको उपाधि दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (युएई) ले जितेको छ। दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ दक्षिण कोरियाले र युएईले महिलातर्फ उपाधि जितेको हो। पुरुषको फाइनलमा दक्षिण कोरियाले युएईलाई २१-१७ ले हराएको हो।

पुरुषतर्फ मलेसिया तेस्रो भयो। मलेसियाले भारतलाई ३६-५ ले हरायो। थाइल्यान्डले चाइनिज ताइपेईलाई १९-० ले हराउँदै प्लेट च्याम्पियनसिपको उपाधि जित्यो। नेपाल बंगलादेशलाई हराएर सातौँ स्थानमा रह्यो। महिलातर्फको फाइनलमा युएईले भारतलाई २६-५ ले हराउँदै उपाधि जितेको हो।

थाइल्यान्डले मलेसियालाई १९-७ ले हराउँदै तेस्रो भयो। महिलातर्फ नेपालले एउटै खेल जित्न सकेन। २ दिने प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित भारत, बंगालादेश, थाइल्यान्ड, मलेसिया, दक्षिण कोरिया, युएई र चाइनिज ताइपेई गरी ८ देशको सहभागिता रहेको थियो। महिलातर्फ नेपाल, भारत, मलेसिया, युएई, थाइल्यान्ड र मलेसियाको गरी ५ टोलीको सहभागिता थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×