काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले हराएको हो।
चेल्सीलाई जित दिलाउन हाकिम जिएचले निर्णायक गोल गरे। जिएचले खेलको ८९ औं मिनेटमा निर्णायक गोल गरे। यस जितसँगै चेल्सीले २५ खेलमा ५० अंक जोडेको छ ।
चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ। क्रिस्टल प्यालेस २६ अंक जोडेर १३ औं स्थानमा रहेको छ।