काठमाडौँ - कोरोना महामारीसँगै बन्द भएको गोपिकृष्ण सिनेमा घर आजबाट सञ्चालनमा आउने भएको छ। नेपाली दर्शकको राम्रो भिडभाड हुने चाबहिलमा रहेको उक्त हलका ७ वटा मध्ये हाललाई तीनवटा हलमात्र सञ्चालनमा आउने गोपिकृष्ण सिनेमा घरले बताएको छ।
७ वटा हल रहेको यस सिनेमाघरको गोपी, कृष्ण, राधा र मिरा हल भत्काइएको कारण हाललाई ॐ, नमः र शिवाय हलमात्र सञ्चालनमा आउने भएको हो। भत्काइएको हल भएको स्थानमा सपिङ मल बनाउने योजना रहेको छ।
सञ्चालनमा आउने हलहरु आरजीबी थिममा सञ्चालन हुने जानकारी आएको छ। गोपीकृष्ण सेन्टल कम्प्लेक्स निर्माणका लागि साबिकको गोपीकृष्ण हल भत्काइएको छ। शुक्रबारबाट आरआरआर, द कश्मिर फाइल्स र चिसो एष्ट्रे प्रदर्शनसँगै हल पुन सञ्चालनमा आउने भएको हो।