मण्डला नाटक घर आजबाट आफ्नै भवनमा सर्दै

काठमाडौँ l मण्डला नाटक घर आजबाट पुन : सञ्चालन हुँदैछ l आजबाट थापा गाउँ स्थित आफ्नै भवनबाट नाटक घर सञ्चालनमा आउन लागेको हो l नाटक घरको उद्घाटन पछि मण्डलाको नियमित नाट्य प्रशिक्षण कार्यक्रम थिएटर ल्याब आठौं ब्याचका प्रशिक्षार्थीहरु सम्मिलित नाटक 'रोगन' मञ्चन हुने बताईएको छl

उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा मण्डलाको नयाँ भवन उद्घाटन हुँदैछ। भवनमा दुई वटा नाटक घर रहेका छन्। २०० सिट क्षमता र र ७० सिट क्षमताको बाल नाटक घर रहेको मण्डलामा क्याफे, पुस्तकालय, पार्किङ, आवाससम्मको सुविधा रहेको छl ३० आना जग्गा भाडामा लिएर बनाइएको नाटकघरमा आजैबाट राजन खतिवडाको निर्देशन रहेको नाटक ‘रोगन’ मञ्चन हुँदैछ l    
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×