चितवनको लाइम एण्ड लेमन मा ‘अर्थर गन’, २ घण्टा प्रस्तुति दिने

चितवन - अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल २०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल)ले नेपालका विभिन्न सहरहरूमा प्रस्तुति दिने भएका छन्।

अर्थरलाई बियर ब्रान्ड टुबोर्गले गत साता ‘होम कमिंग अर्थर गन’ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्र्याएको हो। अंग्रेज़ी गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा नेपाल निम्त्याएको हो।

अर्थरले काठमाडौं, पोखरा, चितवन, बुटवल, धरानलगायतका सहरहरूमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछन्। यसै अन्तर्गत चितवनस्थित लाइम एण्ड लेमन लाउञ्ज क्याफे, भरतपुरमा यही भाद्र ८ गते (अगष्ट २४) का दिन बेलुकी ठीक ६ देखि ८ अर्थर गनको लाइभ प्रस्तुति हुने भएको छ।

कार्यक्रम हुनुभन्दा २ सातादेखि नै टिकट बिक्री गरिएको यस कार्यक्रमको पहिलो चरण र विद्यार्थी सहुलियतका टिकटहरु बिक्री भइसकेका छन् भने दोस्रो चरणका केही टिकटहरू मात्र बाँकी रहेको आयोजकले जनाएको छ।

लाइभ सुरु हुने दिन २४ तारिक दिउँसो २ बजेदेखि नै टिकट बिक्री वितरण बन्द गरिने भएकोले अग्रिम टिकटसहित कार्यक्रममा उपस्थित हुनको लागि चितवनवासी संगीत प्रेमी दर्शकलाई आयोजकले अनुरोध गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×