काठमाडौँ - फागुपर्वको अवसर पारेर कमेडी टेलिसिरियल ‘सर्खारको सर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
सिरियललाई सेलिब्रेटी नेपाल र देवांशी इन्टरटेनमेन्टले निर्माण गरेको हो। विनय पौडेलले निर्देशन गरेको सिरियलमा दीपक आचार्य, रविन्द्र झा र सीपी पुडासैनीको मुख्य कलाकारको भूमिकामा देखिने छन्।
सिरियलमा लीला केसी, जगदीश्वर अधिकारी, प्रतिशा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ र सुरज अधिकारीको पनि अभिनय छ।
सिरियलको डिजिटल पार्टनर डीएआर मुभिज रहेको छ।