सलामीसहित भक्तराज आचार्यको अन्त्येष्टि

काठमाडौं – वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सलामिसहित अन्त्येष्टि गरिएको छ ।  

पशुपतिस्थित आर्यघाटमा छोरा स्वरूपराज आचार्य र सत्यराज आचार्यले दागबत्ती दिएर उनको अन्त्येष्टि गरिएको हो ।  

पशुपतिस्थित आर्यघाटमा उनलाई गायक, संगीतकार, कलाकारदेखि सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । भजन शिरोमणिका रुपमा सुप्रसिद्ध आचार्यको शरीरमा एक्कासि अक्सिजनको मात्रा घटेपछि हिजो मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×