काठमाडौँ - काठमाडौँमा जारी वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछन्। त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्दा मुलपानी मैदानमा प्रदेश १ र गण्डकी प्रदेश प्रतिस्प्रर्धा गरिरहेका छन्।
टस हारेर कर्णाली ब्याटिङ गरिरहेको छ। उता प्रदेश १ ले ब्याटिङ रोजेको छ। यसअघि हिजो भएको उद्घाटन खेलमा बागमतीले गण्डकीलाई हराएको थियो।
मंसिर ७ देखि शुरु प्रतियोगितामा सातवटै प्रदेशका टोलीको सहभागिता रहनेछ।
मंसिर १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख र उप-विजेताले १ लाख पुरस्कार प्राप्त गर्नेछन्।