काठमाडौँ - इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर माटाले पनि म्यानचेस्टर युनाइटेड छाडेका छन्। क्लबले बिहीबार स्पेनिश मिडफिल्डर माटाले क्लब छाडेको जनाएको छ।
आठ वर्षदेखि म्यानचेस्टर युनाइटेडमा रहेका ३४ वर्षीय मिडफिल्डर माटाले क्लब छाडेका हुन्। उनी सन् २०१४ मा चेल्सीबाट म्यानचेस्टर युनाइटेड आएका थिए।
माटाले युनाइटेडका लागि २८५ खेल खेल्दा ५१ गोल गरेका छन्। सो क्रममा उनले म्यानचेस्टर युनाइटेडलाई चार उपाधि जिताएका छन्।
म्यानचेस्टर युनाइटेड छाड्ने माटा तेस्रो खेलाडी हुन्। यसअघि जेसी लिंगार्ड र पाउल पोग्बाले म्यानचेस्टर युनाइटेड छाडिसकेका छन्।