नेपाली चलचित्र ‘प्रेमगीत–३’को भारत प्रदर्शन राइट ४ करोड भारतीय रुपैँयामा बिक्री

काठमाडौँ। नेपाली चलचित्र ‘प्रेमगीत–३’को भारत प्रदर्शन राइट ४ करोड भारतीय रुपैँयामा बिक्री गरिएको छ। सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रको राइट्स  ‘इम्पोसिबल फिल्म’ कम्पनीले खरिद गरेको हो। चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने तयारी निर्माण पक्षको रहेको छ। चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी आदि कलाकारहरुको अभिनय रहेको छ। कोरोना महामारीका कारण प्रदर्शनमा आउन नसकेको चलचित्रको डबिङ १ करोड खर्च गर्दै भारतका प्रख्यात डबिङ आर्टिस्टलाई लिएर गरिएको हो। भारतको लागि चलचित्रको नाम ‘संघार’ राखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×