काठमाडौँ - अभिनेता, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको नयाँ उपन्यास ‘फुर्के’ शनिबार सार्वजनिक भएको छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का, कवि विप्लव प्रतीक, गायक लोचन रिजालले पुस्तककोे लोकार्पण गरेका थिए।
पुस्तक फुर्के नामक कुकुरको आत्मकथा हो। ‘कुकुरको आँखाबाट समाज नियाल्ने र कुकुरको जीवनमा मान्छेको भूमिका बुझ्नका लागि पुस्तक उपयोगी हुनसक्छ’ समारोहमा लामिछानेले भने।
कवि प्रतीकले लेखकले कुकुरमार्फत समकालिन मानिस, वर्ग र समाजको कथालाई प्रस्तुत गरेको बताए। ‘फुर्केलाई हामीलाई जनावरप्रति संवेदनशिल हुन सिकाउँछ’ उनले भने, ‘मानिसको कथा भएजस्तै प्राणीको पनि कहानी हुन्छ।’