कोरोनाविरुद्धको बुस्टर डाेजका लागि फरक खोप दिने सरकारको निर्णय

काठमाडाैं । बुस्टर खोपको मात्राका लागि फरक खाेपकाे दिने सरकारले निर्णय गरेकाे छ । सरकारले डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिसअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णयअनुसार बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरेकाे हाे ।

बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरी परिपत्र गरिएकाे जनाइएकाे छ ।

पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप दिन शुक्रवार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।

त्यस्तै, विदेशमा पहिलो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकाहरूलाई दोस्रो मात्राको रूपमा कोभिसिल्ड वा एस्ट्राजेनिका खोप प्रदान गर्ने निर्णय गरिएको नर्सिङ अधिकृत लक्ष्मी मरासिनी आचार्यकाे भनाइ छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×