काठमाडौँ। अहिलेको समयकी चर्चित गायिका प्रविशा अधिकारीले इन्गेजमेन्ट गरेकी छिन्। प्रविशा गायन रियालिटी शो ‘द भ्वाइस किड्स’की कोच समेत रहेकी छिन्। उनले अमेरिका बस्दै आएका आफ्ना प्रेमी निर्माण सिटौलासँग बिहिबार टिकाटालो गरेकी हुन्। इन्गेजमेन्ट जोडीको गृह जिल्ला झापामा भएको हो। पारिवारिक सहमतीमा उनीहरुको विवाह हुन लागेको हो। उनीहरुको विवाह मंसिर ५ गते हुँदैछ।