राष्ट्रिय सभाकी उपाध्यक्षद्वारा राष्ट्रपतिको आलोचना

काठमाडौँ - राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी छिन्। आज संसदीय पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गरेकी हुन्।

उनले राष्ट्रपति एमालेको जस्तो बनेको आरोप लगाएकी छिन्। ‘राष्ट्रपति एमालेको जस्तो बन्नुभयो। राष्ट्रपति संस्थालाई सम्मानित बनाउन सक्नुभएन। अरूको इसारामा चल्नुभयो,’ उनले भनिन्, ‘नागरिकता विधेयकमा अनावश्यक राजनीति गर्नुभयो। एक पटक विधेयक फिर्ता गरे पनि अर्कोपटक रोक्न मिल्थेन तर रोक्नुभयो।’

नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरैले नागरिकता नपाएको उनको भनाइ थियो।  उनले हरेकले आफ्नो पदको गरिमा राख्नुपर्ने बताइन्।

‘उहाँले आफ्नो भूमिका कार्यकारीजस्तो ठान्नुभयो,’ उनले भनिन्, ‘हरेकले आफ्नो पदको गरिमा राख्नुपर्छ। म उपाध्यक्ष भएर आफ्नो भूमिका बिर्सिएँ भने राम्रो गर्दैन।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×