काठमाडौँ - साफ यू-२० च्याम्पियनसिपमा साविक विजेता भारतले पहिलो जित निकालेको छ। भारतले श्रीलंकालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो।
शुक्रबार भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले १ गोल गरेको थियो। भारतका लागि पार्थिव गोगोईले २ तथा हिमांशु झान्ग्रा र गुर्किरत सिंहले १-१ गोल गरेका थिए।
भारतले खेलको ५०औं मिनेटमा पहिलो गोल गरेको थियो। पार्थिवको क्रसमा हिमांशुले हेडरमार्फत गोल गरेका थिए। ६९औं मिनेटमा पार्थिवको सुन्दर गोलमा भारतले अग्रता दोब्बर पारेको थियो। ७४औं मिनेटमा हिमांशुको प्रहार श्रीलंकाका डिफेन्डरले हातले रोकेपछि भारतले पेनाल्टी पाएको थियो।
उक्त पेनाल्टीमा गुर्किरतले गोल गरेका थिए। इन्ज्युरी समयमा गुर्किरतको पासमा पार्थिवले सहजै गोल गर्दै सानदार जित दिलाएका थिए। भारतले २ खेलमा ३ अंक जोडेको छ।
हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। नेपालले ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ। फाइनल ५ अगस्टमा हुनेछ।