प्रतिनिधिसभा बैठकमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने

काठमाडौँ - प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे सुरु हुनेछ। बैठकमा राष्ट्रपति कार्यालयबाट पास भइ आएका विभिन्न विधेयक प्रमाणीकरणबारे सभामुखले जानकारी गराउने कार्यसूची समावेश छ। 

यसैगरी आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाअभियोगबारे छलफल हुने उल्लेख छ। 

“०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,” सम्भावित कार्यसूचीमा उल्लेख छ। 

एक निष्ठावान प्रधानन्यायाधीश जबरालाई विभिन्न छलकपटपूर्ण तरिकाले आफ्ना निहित स्वार्थका लागि राजीनामाको माग गर्दै गर्दा उनले आफू संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश नियुक्त भएको र संवैधानिक प्रक्रियाबाट नै हट्ने बताएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×