आईपीएलका फ्रेन्चाइजले किने दक्षिण अफ्रिकी लिगका सबै टिम

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) का फ्रेन्चाइज मालिकले दक्षिण अफ्रिकाको नयाँ टी-२०लिगका सबै ६ टिम खरिद गर्ने भएको छ। लिगको पहिलो संस्करण २०२३ को जनवरीमा हुनेछ।

क्रिकइन्फोका अनुसार आईपीएल टिम मुम्बइ इन्डियन्स, चेन्नइ सुपर किंग्स, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स तथा दिल्ली क्यापिटल्सका १ मालिकले दक्षिण अफ्रीकाको टी-२० लिगमा सहभागी हुने टिमका लागि सफल बोलकबोल गरेको हो।

लिग दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले संचालन गर्दैछ भने सुपरस्पोर्टसले प्रशारण अधिकार प्राप्त गरेको छ। चेन्नइले जोहानेसवर्ग, मुम्बइले केप टाउन तथा सनराइजर्सले पोर्ट एलिजावेथ टिम खरिद गरेका छन्। लखनउले डर्वन, राजस्थानले पार्ल तथा दिल्लीले प्रिटोरिया टिम खरिद गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×