टी-२० विश्वकप: अस्ट्रेलिया र श्रीलंका भिड्दै

काठमाडौँ - जारी टी-२० विश्वकपमा आयोजक अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। समूह १ अन्तर्गत हुने खेल मंगलबार दिउँसो ४:४५ मा सुरु हुने छ।

पहिलो खेलमा अस्ट्रेलिया पराजित भएकाले शीर्ष २ मा प्रवेशका लागि प्रतिस्पर्धामा आउन पनि श्रीलंकालाई हराउनु पर्ने दबाबमा अस्ट्रेलिया रहेको छ। श्रीलंका भने पहिलो खेलमा जित निकालेकाले लगातार दोस्रो जितको खोजीमा छ।

अस्ट्रेलिया न्युजिल्यान्डसँग पहिलो खेलमा ८९ रनले पराजित भएको थियो। श्रीलंकाले भने आयरल्यान्डलाई ९ विकेटले पराजित गर्दै आफ्नो प्रभावशाली सुरुवात गरेको थियो।

त्यसैले दुवै टिमका लागि यो खेल बहुप्रतिक्षित मानिएको छ। साविक च्याम्पियन अस्ट्रेलिया र एसियाकप विजेता पाकिस्तान दुवैले यो खेल सेमिफाइनल यात्राका लागि महत्त्वपूर्ण हुने भन्दै हार्ने छुट नभएको बताएका छन्।

पछिल्ला ५ खेलमा अस्ट्रेलिया पछिल्ला ३ खेलमा लगातार हार भोगेको छ भने सुरुवाती २ खेलमा हार भोगेको छ। श्रीलंकाले भने पछिल्ला ३ खेलमा लगातार जितसहित कुल ४ खेलमा जित निकाल्दा १ खेलमा मात्र हारेको छ।

त्यसो त अस्ट्रेलियाले घरेलु मैदानमा श्रीलंकासँग खेलेका टी-२० खेलमा ८ खेलमा अस्ट्रेलियाले जित निकाल्दा श्रीलंकाले ७ खेलमा जित हासिल गरेको छ। यसमध्ये १ खेल सुपर ओभरमा धकेलिएको थियो।

श्रीलंकाका ब्याटर दसुन सनाका २०२२ मा राम्रो लयमा देखिएका छन्। उनले १ सय ४२ को स्ट्राइकमा ४ सय ५६ रन बनाएका छन्। तर विश्वकपमा भने उनको जादु चलेको छैन।

उनले ३ इनिङमा २९, 0 र ८ रनमात्र बनाएका छन्। त्यसो त अस्ट्रेलिया पनि टी-२० मा उत्कृष्ट ३ ब्याटरका साथमा मैदान उत्रिँदै छ। जसमा डेभिड वार्नर, एरोन फिन्च र ग्लेन म्याक्सवेल रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×