नानुले जितिन् बेस्ट फाइटरको उपाधि

काठमाडौँ - भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत पदक तिजेको छ। च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले बेस्ट अफ द बेस्ट फिमेल फाइटरको उपाधिसहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट जितेको प्रतियोगिता रेफ्री एवं नरहरिपुर डोजो मच्छेगाउँका प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी गराएका छन्।

नेपालका लागि राजकुमार श्रेष्ठ, अमृत थोकर र मनीष कार्कीसम्मिलित पुरुष टिम कातातर्फ स्वर्ण जित्न सफल भयो। अमृतले ५५ केजी कुमिते र मनीषले जुनियर व्यक्तिगत कातामा पनि स्वर्ण जितेका थिए।

सिर्जना महतारा, नानु शाक्य र सन्जु देशारसम्मितिल टोलीले महिला टिममा स्वर्ण जित्यो। श्रद्धा थापाले सिनियर काता र ६१ केजी कुमितेतर्फ स्वर्ण जितिन्। सिर्जना महताराले क्याडेट व्यक्तिगत कातामा स्वर्ण र ५५ केजी कुमितेतर्फ रजत जितिन्।

नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर व्यक्तिगत कातामा रजत जितिन्। सञ्जुले जुयिनर काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जितेकी थिइन्। टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र व्यवस्थापकमा सानुभाइ थापा मगर रहेका थिए। च्याम्पियनसिपमा नेपाल, भारत र रसियाका खेलाडीको सहभागिता थियो।

प्रतियोगिताका क्रममा प्रशिक्षक सेमिनारमा नेपाली करातेका वरिष्ठ प्रशिक्षक हीरासिंह डंगोलले भारतका सिनियर तथा जुनियर प्रशिक्षकलाई प्रशिक्षण प्रदान गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×