युएईविरुद्ध अर्जेन्टिनाको पाँच गोल

काठमाडौँ - कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५-० अन्तरले पराजित गरेको छ।

बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले २ गोल गरेका थिए। यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भारेज र जोआक्विन कोरेआले १-१ गोल गरेका थिए।

खचाखच दर्शकले भरिएको मैदानमा अर्जेन्टिनाले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा १ गोल थप गरेको थियो। खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले खेलाडी पूर्ण रुपमा फिट नभएको र केहि खेलाडी परिवर्तन हुने पक्का रहेको बताएका छन्।

अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुवात गर्नेछ। समूह सी मा अर्जेन्टिना र साउदीसँगै मेक्सिको र पोल्यान्ड रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×