नवलपुरमा एक हजार तीन सयको उम्मेदवारी दर्ता

नवलपुर - आसन्न स्थानीय तह निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा एक हजार ३०० भन्दा बढीको उम्मेदवारी परेको छ। 

चार वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको जिल्लामा विभिन्न पदमा गरी कूल एक हजार ३६० को उम्मेदवारी परेको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको चारवटा पालिका प्रमुखमा ३४ तथा उपप्रमुखमा २३ जनाको उम्मेदवारी परेको छ। त्यस्तै चारवटा गाउँपालिका उपाध्यक्षमा १९ जनाको उम्मेदवारी परेको कार्यालयले जनाएको छ। 

त्यसैगरी, वडाध्यक्ष पदका लागि ३१७, सदस्यमा ५२२, महिला सदस्यमा २२१, दलित महिला सदस्यमा २०० जनाको उम्मेदवारी परेको छ। जिल्लाका आठ स्थानीय तहका ९२ वटा वडामा ४७६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्। निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×