न्यायाधीश खड्कालाई प्रधानन्यायाधीश दिलाउन आन्दोलनकारी अधिवक्ता पोखरेललाई यस्तो प्नलोभन!

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाविरुद्ध नेपाल बारले गर्दै आएको आन्दोलन लगभग तुहिएको अवस्थामा नयाँ तथ्य बाहिरिएको छ।

कानून व्यवसायीहरूको छाता संगठन नेपाल बारमा दादागिरी चल्ने गरेको स्पष्ट भएको छ। केही दादागिरी गर्ने बारका पदाधिकारीहरूको निजी स्वार्थ पूरा गराउने प्रपञ्चका साथ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिएको तथ्यहरू क्रमैसँग बाहिरिन थालेका हुन्। बारको गोप्य कर्तुतहरू बाहिरिन थालेपछि र उक्त प्रयास असफल भएपछि अहिले आन्दोलनको अगुवा भागमा उभिने अधिवक्ताहरू पनि कुना पसिसकेका छन्। कतिपय वरिष्ठ अधिवक्ताहरू त अदालत परिसरमा देखिन छोडेका छन्।

बारले अघि सारेका जायज मागहरू पूरा भएपछि पनि आन्दोलन निरन्तर जारी राख्नु र यसको नाममा विभिन्न हत्कण्डा अपनाउनु गलत भएको कतिपय वरिष्ठ अधिवक्ताहरूको टिप्पणी रहँदै आएको छ। बारले प्रधानन्यायाधीश जबरालाई हटाउनको लागि विभिन्न दलका शीर्ष नेताहरूलाई पनि गुहारेको थियो। तर, न्यायालयभित्रको विवादमा दलले हस्तक्षेप नगर्ने नेताहरूको अभिव्यक्ति आएपछि आन्दोलनको अगुवा गरेकाहरू अहिले दुलोभित्र पसेका छन्। न्यायालय शुद्धिकरणको नाममा व्यक्तिमाथि निशाना साँधेर आन्दोलन गरिनु र अमुक न्यायाधीशहरूलाई प्रधानन्यायाधीश बनाउने र मिलिभगतमा अदालत चलाउनको लागि मात्रै बारको आन्दोलन थियो भन्ने पुष्टि भएपछि आजभोलि बारको आन्दोलनमा वकिलहरूको उपस्थिति पनि न्यून छ। कतिपय वकिलहरू जो सर्वोच्चका हड्ताली न्यायाधीशहरूसँग पनि खास खास कारणले निकट रहेका छन्।

बारको आन्दोलनमा सक्रिय बनेका र यसअघि कहिल्यै चर्चामा नरहेका तर यसपटक उग्र रूपमा उत्रिएका अधिवक्ताहरू भने हड्ताली न्यायाधीशहरूको नातेदार समेत रहेको नयाँ तथ्य खुल्न आएको हो। यस्तैमा, बारको आन्दोलनमा सक्रिय अधिवक्ता लक्ष्मी पोखरेल न्यायाधीश मीरा खड्काको नातेदार भएको उच्च स्रोतको दाबी छ। सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्का अर्का न्यायाधीश दीपककुमार कार्कीपछि बाँकी तीन महिना प्रधानन्यायधीश बन्न चाहेको कुरा यसअघि सार्वजनिक भइसकेको छ। यदि खड्का प्रधानन्ययाधीश भए उनकै नातेदार जो बारको आन्दोलनमा सक्रिय छिन्, उनै पोखरेललाई उच्च अदालतको न्यायाधीश बनाइदिने वचन दिइएको पनि स्रोतको दाबी छ।

प्रलोभनमा परेकी अधिवक्ता पोखरेल प्रधानन्यायाधीश जबरालाई हटाउन सक्दा न्यायाधीश खड्काले पालो पाउने र खड्काले पालो पाए आफूले उच्च अदालत छिर्न पाउने आशामा बारको आन्दोलनमा सक्रिय भइरहेको नयाँ तथ्य बाहिरिन पुगेको हो।


स्रोतः रिपोर्टर्स नेपाल


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×