निर्माण उद्योगको समस्या समाधान गर्न सरकार गम्भीर

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूको भुक्तानी लगायतका समस्या समाधान गर्न सरकार गम्भीर गृहकार्यमा रहेको बताएका छन्।

मंगलवार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग शहरी विकास मन्त्रालयमा भेट गर्दै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले सरोकारवालासँग छलफल गरी निर्माण उद्योगको समस्या समाधान गरिने प्रतिबद्धता बताए । निर्माण व्यवसायीहरूका लागि काम गर्ने उपयुक्त वातावरण सरकारले तयार गर्ने उनले बताए। शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले निर्माण उद्योग शिथिल हुँदा समग्र अर्थतन्त्रमा गम्भीर चाप परेको स्विकार गरे।

महासंघ अध्यक्ष रवि सिंहले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंह समक्ष अव्यवहारिक ऐन नियम, भुक्तानी, सरकारी निकायबीचको समन्वय अभाव लगायतका समस्याले गर्दा निर्माण उद्योग कठीन मोडमा पुगेको जानकारी गराए । महासंघ प्रतिनिधिमण्डलले मंगलवार नै उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कालाई भेटी निर्माण उद्योगमा देखिएको भुक्तानी लगायतका समस्याहरूबारे जानकारी गराएको छ । जवाफमा मन्त्री खड्काले सरकार र निर्माण व्यवसायीहरू हातेमालो गरी मुलुकको विकासमा जुट्नुपर्ने धारणा राखे । निर्माण उद्योगको समस्यालाई सरकारले गम्भीर रुपमा लिएको मन्त्री खड्काले बताए । मन्त्री खड्काले निर्माण व्यवसायीहरूले समयमै गुणस्तरीय काम गर्नुपर्ने बताए।

महासंघ प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री र उर्जा, जलस्रोत तथा र्सिचाई मन्त्रीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×