नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने

काठमाडौँ - नेपालमा पहिलो पटक लिगस्तरीय दोहोरी रियालिटी शो ‘दोहोरी आइडल’ हुने भएको छ। नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन्।

डीएआर मुभिजले गर्न लागेको ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन्। उपविजेताले ७ लाख र तेस्रो हुनेले ५ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

दोहोरी आइडलको छायांकन माघबाट सुरु हुने डीएआर मुभिजले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×