भारत। बलिउड अभिनेत्री रानी मुखर्जीको आउँदो चलचित्र 'मिसेज चटर्जी भर्सेज नर्वे'को प्रदर्शन मिती घोषणा गरिएको छ। निर्माण पक्षले मंगलवार सामाजिक सञ्जालमा एक पोस्टर शेयर गर्दै चलचित्रको प्रदर्शन मिती घोषणा गरेको हो। चलचित्र २० मे २०२२बाट प्रदर्शनमा आउनेछ। यो चलचित्र सत्यघट्नामा आधारित रहेको छ। चलचित्रको निर्माण मोनिशा अडवानी, मधु भोजवानी र निखिल अडवानीको एम्मे इन्टरटेनमेन्ट तथा जी स्टूडियोजले गरेको हो। चलचित्रको निर्देशन आशिमा छिब्बरले गरेकी हुन्।
