काठमाडौँ - स्पेनिस ला लिगाको मध्यम टोली इल्चेलाई रेलिगेसनको मारमा रहेको लेभान्टेको धक्का लागेको छ। शुक्रबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको इल्चे लेभान्टेसँग ३–० गोलले पराजित भयो।
घरेलु मैदानमा लेभान्टेलाई सानदार जित दिलाउन जोस लुईस मोरालेस, जर्ज डि फुटोस र गोल्जालो मेलेरोले गोल गरे। ७३औं मिनेटमा इल्चे १० खेलाडीमा समेटिएको थियो। विपक्षीलाई खराव ट्याकल गरेपछि जेरार्ड गुम्बाउ रातो कार्ड पाउँदै बाहिरिएका थिए। त्यसपछि इल्चे थप दबाबमा रह्यो। ५७ प्रतिशत बल पोसेसन राखेपनि इल्चेले गोल रहित हार खेप्यो। लेभान्टेका जर्ज डि फुटोस ‘म्यान अफ दि म्याच’ भए।
जितेपनि लेभान्टे तालिकाको अन्तिममा यथावत छ। लिभान्तेको २६ खेलबाट १८ अंक पुगेको छ। समान खेलबाट २९ अंक बनाएको इल्चे १३औं स्थानमा छ। शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २५ खेलबाट ५७ अंक छ।