शाहरुख खानको बहुप्रतिक्षित चलचित्र 'पठान'को प्रदर्शन मिती घोषणा

भारत। बलिउड अभिनेता शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको बहुप्रतिक्षित स्पाई-थ्रिलर चलचित्र 'पठान'को प्रदर्शन मिती घोषणा गरिएको छ। यो कुराको जानकारी शाहरुख खानले स्वयम् चलचित्रको एक भिडियो टिजर सामाजिक सञ्जालमा शेयर गरेर दिएका हुन्। उक्त पोस्टको क्याप्सनमा उनले लेखेका छन् "मलाई थाह छ कि ढिलो भइसकेको छ...तर मिती याद राख्नु...'पठान'को समय अब सुरु हुन्छ...२५ जनवरी २०२३मा सिनेमाघरमा भेट्नुपर्छ।"

हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शनमा आउन लागेको चलचित्र सिद्धार्थ आनंदको निर्देशनमा बनेको हो।  'यशराज फिल्म्स'ले प्रोड्यूस गरेको चलचित्रको उक्त टिजरमा शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको पहिलो झलक पनि देख्न सकिन्छ। 
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Shah Rukh Khan (@iamsrk)

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×