कतार विश्वकपका लागि वेल्सको टोली घोषणा

काठमाडौँ - यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकपका लागि वेल्सले टोली घोषणा गरेको छ। प्रशिक्षक रोब पेजले २६ सदस्यीय टोली घोषणा गरेका हुन्। वेल्स ६० वर्षपछि पहिलो पटक विश्वकप खेल्दैछ।

समूह बी मा रहेको वेल्सले नोभेम्बर २१ मा अमेरिकासँग खेल्दै विश्वकप सुरु हुनेछ।

वेल्सको टिम

गोलकिपर - वायने हेन्से, ड्यानी वार्ड, एडम डेभिस

डिफेण्डर - बेन डेभिस, जोए रोडोन, बेन काबान्गो, क्रिस मेफम, क्रिस गुन्टर, कोनोर रोबर्ट्स, नेको विलियम्स, एथान एमाप्डु, टम लोकयेर

मिडफिल्डर - आरोन राम्से, जोए एलन, ह्यारी विल्सन, जोए मोरेल, म्याथ्यु स्मिथ, डाएलन लेभिट, सोर्बा थोमस, रुबिन कोलविल, जोनी विलियम्स

फरवार्ड - गारेथ बेल, ड्यानिएल जेम्स, मार्क ह्यारिस, किएफर मुर, ब्रेननन जोनसन

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×