काठमाडौँ - चर्चित हलिउड अभिनेता सिल्भस्टर स्टालोनकी पत्नी जेनिफर फ्लेभिनले २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउन माग गर्दै अदालतमा डिभोर्सको निवेदन दर्ता गरेकी छिन्।
अमेरिकाको फ्लोरिडाको एक अदालतमा उनले निवेदन दर्ता गरेकी हुन्। फ्लोरिडाको बिच काउन्टीमा यो जोडीको घर पनि रहेको छ। जेनिफरले सम्पत्तिको ठूलो हिस्सा मागदाबी गरेकी छिन्। अभिनेता स्टालोनले थुप्रै पैसा जम्मा गरेको र शोबाट आफूले पाउनुपर्ने उनको माग रहेको छ।
द हलिउड रिपोर्टरका अनुसार यूएसए टुडेले प्राप्त गरेको अदालती प्रतिवेदन अनुसार यतिबेला उनीहरुको वैवाहिक सम्बन्ध टुंगिएको छ। आफ्ना प्रतिनिधिमार्फत स्टालोनले मिडियालाई बताएअनुसार ‘रकी’ अभिनेताले आफूले आफ्नो परिवारलाई निकै माया गर्ने बताएका छन्।
यो जोडीका ३ जना छोरी छन्। स्टालिनका अघिल्ली पत्नी सासा ज्याकबाट १ छोरा छन्।