काठमाडौं - रोहित देउवाको 'मुसुर्दानी' बोलको देउडा गीत सार्वजनिक भएको छ। रोहित देउवाकै शब्द रहेको गीतमा देउवाको साथमा देउडा गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ। नरेन्द्रराज रेग्मी र देउवा स्वयमले नै गीतमा संगीत भरेका छन्। देउडा भाकाको उक्त गीतमा सुदूरपश्चिमकै भाषा, संस्कृति र भेषभूषा समेटिएको छ। गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा चक्र बम र उर्मिला डिएस शाहीको अभिनय रहेको छ।
हेर्नुहोस् गीत