ओल्ड ट्राफोर्डमा ब्राइटनको पहिलो जित, म्यानचेस्टर युनाइटेड पहिलो खेलमै स्तब्ध

काठमाडौँ - ब्राइटनले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई २-१ ले स्तब्ध पारेको छ।  यो ओल्ड ट्राफोर्डमा उसको पहिलो ऐतिहासिक जित हो। म्यानचेस्टरका लागि भने मुख्य प्रशिक्षक एरिक टेन हागले हारसँगै लिगको सुरुआत गरेका छन्।

ब्राइटनका लागि पहिलो हाफमा पास्कल ग्रसले २ गोल गरेका थिए। उनले ३० औं मिनेटमा गोलको खाता खोलेको नौ मिनेटपछि नै दोस्रो गोल थपेका थिए। ग्राहम पोटरको टिमले खेलको सुरुमा म्यानचेस्टरलाई पूर्णतः दबाबमा राखेको थियो। दोस्रो हाफमा म्यानचेस्टरले खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त रहेन।

गत सिजन लिगको नवौं स्थानमा रहेको ब्राइटनले ५८ औं मिनेटमा आत्मघाती गोल गरेपछि म्यानचेस्टरले दबाब बढाएको थियो। म्याक एलिस्टरले त्यसमा आत्मघाती गोल गरेका थिए।

दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोले पनि खेलमा कुनै परिवर्तन गर्न सकेनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×