महिला गीतकार संघले मनायो तीज

काठमाडौँ - महिला गीतकार संघ नेपालले तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अथिति साहित्यकार प्राज्ञ माया ठकुरीले तीज मनाउँदा आफ्नो भाषा, धर्म र संस्कृतिलाई जिवन्त राखेर मनाउनुपर्नेमा जोड दिएकी थिइन्।

‘तीज मान्ने अधिकार सबैलाई छ। तर, यस क्रममा  हाम्रो  संस्कृति, धर्म  र भाषामा पनि ध्यान दिनुपर्छ’, उनले भनिन्। 

संघकी संस्थापक अध्यक्ष उन्नती बोहोरा ‘शिला’ले उपस्थितलाई स्वागत गर्दै तीज नजिकिँदै गर्दा माइतीको यादले मनमा बेचैनी हुने बताएकी थिइन्। समाजमा भएका विकृति र विसंगति हटाएर नारीका हकहितका कुरा गीतमार्फत उठाएर उनीहरूलाई सशक्त बनाउने चाड पनि तीज भएको गीतकार बोहोराले बताएकी थिइन्।

कार्यक्रममा गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठले काठमाडौंका नेवार समुदायले तीज नमनाउने भए पनि आफ्ना आमा, हजुरआमा, दिदीबहिनीले भगवान शिवको ब्रत बसेर पूजाअर्चना गरेको देखेको बताएकी छिन्। हिजोआज भने तीजको नाममा बढी तडकभडक हुने गरेको बताउँदै तीजलाई सबै महिला मिलेर सभ्य तरिकाले मनाउनुपर्नेमा जोड दिइन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्वकेन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले हिजोका दिनमा महिलाले आफ्नो पीडा पोख्न तीज मनाउने गरे पनि आज महिला सशक्तिकरणका लागि तीज मनाउने गरेको बताएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×