ओस्करको कार्यक्रममा हलिउड कलाकारहरुद्वारा युक्रेनको समर्थनमा ऐक्यवद्धता

काठमाडौँ - विश्वप्रसिद्ध ओस्कर अवार्डको कार्यक्रममा हलिउड कलाकारहरुले युक्रेनको समर्थनमा ऐक्यवद्धता जनाएका छन्। 

युक्रेनमा रुसले गरेको आक्रमणको सन्दर्भमा अवार्ड समारोहमा ३० सेकेण्ड मौनधारण गरिएको थियो र युक्रेनका लागि सहयोगको लागि अपिस समेत भएको थियो। अमेरिकाको लस एन्जलसमा भएको उक्त समारोहमा सहभागी भएका विभिन्न कलाकारहरुले युक्रेनको समर्थनमा रिबन शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग (युएनएचसिआर) ले उपलब्ध गराएको निलो समेत लगाएका थिए। 

निलो रिबन लगाउनेमा ज्यामी ली कुर्टिस, सामुएल एल ज्याक्सन, डायन वारेन, यु–जुङ योउन, निकोलास ब्रिटेल र पाओलो सारेन्टिनो रहेका थिए।

यसै गरि रेड कार्पेटमा अभिनेता ज्यासन मोमोया युक्रेनको झण्डाको रंग निलो र पहेँलो रहेको पकेट स्क्वायर लगाएर आएका थिए। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×