फुटबलमा रंगभेद मान्य छैन: ह्यारी केन

काठमाडौँ - टोटेनह्यामका कप्तान ह्यारी केनले ब्राजिलियन फुटबल रिचर्डसनलाई गरिएको रंगभेदपूर्ण व्यवहार मान्य नभएको बताएका छन्।

मंगलबार तुसिनिया र ब्राजिलबीच भएको मैत्रीपूर्ण खेलमा तुसिनियामाथि ५–१ को जित निकालेको ब्राजिलियन फर्वाड रिचर्डसनमाथि रंगभेदी व्यवहार हुनु अस्वीकार्य भएको केनले बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा बताएका छन्।

मंगलबार भएको खेलको दौरान रिर्चडसनले गरेको गोलको खुसी मनाउने क्रममा केही समर्थक समूहबाट उनीमाथि रंगभेदी व्यवहार भएको थियो। केही समर्थकहरुले उनीमाथि केरा फालिदिएका थिए।

केनले खेलाडीमाथि खेलभन्दा पनि रंगका कारण विवाद हुनु निन्दनीय रहेको बताएका थिए। ‘मैले रिर्चडसनले यसमा कुनै प्रतिक्रिया दिएको जस्तो लाग्दैन। फिफाले पनि समर्थकमाझबाट भएको उक्त कार्यबारे अनुसन्धान हुने बताएको छ। तर यस्ता कार्य अस्वीकार्य छ’ केनले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×