काठमाडौँ - नेपालमा डेंगु संक्रमणबाट हालसम्म ४७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिनादेखि हालसम्म डेंगुबाट ४७ जनाको मृत्यु भएको हो।
यस्तै मन्त्रालयका अनुसार देशभर ३८ हजार ९१८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।