कास्की - कास्की जिल्लामा करिब आठ हजार मतदाता थपिएका छन्।
नयाँ मतदाताका लागि कास्की जिल्लामा १२ हजारले आवेदन दिएकामा ४ हजार अन्य जिल्लाको रहेको पोखरास्थित प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिएका छन्।
निर्वाचन आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो। बाहिर अन्य जिल्लाबाट पनि कास्कीका लागि मतदाता थपिएको हुनसक्ने उनले बताएका छन्।
जिल्लामा यस अघिको कूल मतदाता सङ्ख्या २ लाख ८१ हजार ९४० रहेको थियो। जिल्लामा करिब १ हजार ८००ले मतदाता केन्द्र स्थानान्तरणका लागि आवेदन दिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिएका छन्।