प्रिज्मा र प्रिन्सी मिल्ने साथी मात्र हुन् : बले

काठमाडौ। मोडल तथा हाँस्यकलाकार सागर लम्साल 'बले’ले मोडल प्रिज्मा खतिवडा मिल्ने साथी मात्र भएको बताएका छन्। 'हो हो नि माया’ म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले प्रिज्मासँग 'ब्रेकअप’ भएको भन्ने खबर गलत भएको दाबी गर्दै भने,'हामीहरु अहिले पनि मिल्ने साथी हो।’

आफ्नै पारिवारिक कारणले केही महिनादेखि मिडियाबाट टाढिएका सागरले भने, 'प्रिज्मा र प्रिन्सीको अन्तर्वार्ता हेरें। उहाँहरु निकै भावुक हुनुभएको थियो। रुने प्रिन्सी, माफी माग्‍ने प्रिज्मा र गाली खाने म भएँ।’

आफ्नो विवाहको विषयलाई लिएर हल्ला चलेकोप्रति उनी नै अनभिज्ञ रहेको बताए। विवाहको कुनै योजना नबनाएको सागरले आफैं नै दोधारमा परेको बताए। मिल्ने साथी भएको स्पष्टीकरण दिँदै उनले भने, 'प्रिज्मा र प्रिन्सी फरक भए पनि मेरा लागि एकै हुन्,मिल्ने साथी।’

प्रेममा धोका खाएका कारण दुब्लाएको हो भन्ने प्रश्नमा सागरले पहिलेको तुलनामा तीन किलो बढेको बताए। उनले भने, 'प्रेममा धोका कसले खायो? मैले बुझिनँ। उहाँहरु मिल्ने साथी हो, अन्यथा केही होइन हामी प्रेम सम्बन्धमा छैनौं।’

प्रेम नै नभएर ब्रेकअप भएको हल्ला खेप्‍नु परेको सागरले गायक एस कुमारको 'तिम्रो मन बदलिएछ’ गीतमा प्रिज्मा र प्रिन्सीसँग अभिनय गरेका थिए। उनले छिट्टै 'तिम्रो मन बदलिएछ २’ को सिरिजसँगै तीनैजना हुने जानकारी पनि दिए। 

 


मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×