इपानद्वारा एमसिसीको अनुमोदनको स्वागत

काठमाडौँ - अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गरिनुलाई स्वतन्त्र विद्युत् उत्पादकको संस्था (इपान) ले स्वागत गर्दै यसले नेपालको विद्युत् क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताएको छ।

आगामी चैत १८ देखि २० गतेसम्म सङ्घीय राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको तेस्रो हिमालयन हाइड्रो एक्स्पोको बारेमा जानकारी दिन आज यहाँँ आयोजना गरिएको पत्रकार सम्मेलनमा इपानका उपाध्यक्ष आशिष गर्गले भने, ‘‘यो सम्झौताले खासगरी प्रशारण लाइनको समस्या झेलिरहेका हामी विद्युत् उत्पादक तथा प्रवद्र्धकका लागि त झनै उत्साह थप्नुको साथै नयाँ सम्भावनाको ढोका खोलेको छ। यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन मद्दत पुग्नेछ।’’ 

देशमा आन्तरिक विद्युत्को खपत बढाउन र विद्युत् व्यापारलाई प्रवर्द्धन गर्न आगामी चैत १८ देखि २० गतेसम्म भृकुटीमण्डपमा तेस्रो हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुन लागेको हो। इपानको आयोजनामा हुन लागेको सो एक्स्पोमा स्वदेशी र विदेशी गरी सयवटा स्टल राखिनेछ। एक्स्पोमा जलविद्युत्का प्रवर्द्धक, उत्पादक, इब्युप्मेन्टस् सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल रहनेछन्।

हाइड्रोसम्बन्धी अन्तर्राष्ट्रियस्तरको विकसित पछिल्ला नेपालको जलविद्युतको लागि बजारको प्रवर्द्धन देशभित्र विद्युत् खपत बढाउने, विद्युत् व्यापारको हाइड्रोपावरसम्बन्धी सरोकार राख्नेहरूलाई छानामुनि पारी यससम्बन्धी सीप प्रविधिको जानकारी तथा विभिन्न मुलुकसँग हाइड्रोपावर परियोजना विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पोको आयोजना गर्न लागिएको एपानका उपाध्यक्ष आशिष गर्गले बताए।

देशमा जलविद्युत्को ठूलो सम्भावना हुँदाहुँदै पनि अपेक्षित परिणाम हासिल हुन नसकेको वर्तमान अवस्थालाई सहयोग पुर्याउने लक्ष्यका साथ आयोजना गरिने सो एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूताबास एवं क्यानेडियन हाइ कमिशनको साझेदारी रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×